पहिलो सामुदायिक विद्यालय व्यवस्थापन समितिकाे सम्मेलन कर्णाली प्रदेशमा आजबाट शुरु

नेपालमा पहिलो सामुदायिक  विद्यालय व्यवस्थापन समितिकाे सम्मेलन कर्णाली प्रदेशकाे सुर्खेतमा आजबाट शुरु भएकाे छ ।

कर्णाली प्रदेश सरकार ,सामाजिक विकास मन्त्रालयकाे आयाेजना तथा सामुदायिक विद्मालय व्यवस्थापन समिति महासंघ नेपाल कर्णाली प्रदेशकाे तत्वाधानमा सामुदायिक विद्यालय व्यवस्थापन समितिकाे पदाधिकारीहरुकाे प्रथम कर्णाली प्रदेश स्तरीय सम्मेलन रहेने छ ।

साथै  क्षमता अभिवृद्धि कार्यक्रम यही माघ २८ र २९  गते  सुर्खेत वीरेन्द्रनगरकाे  सिटी हलमा सञ्चालन हुने  सामुदायिक विद्मालय व्यवस्थापन समिति महासंघ नेपाल कर्णाली प्रदेश कार्य समिति सचिव अर्जुन कुमार महतराले जानकारी दिएका छन् ।

कर्णाली प्रदेश भित्र पर्ने १०  जिल्ला अन्तर्गत  ७९ पालिकाका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्य मध्ये  महिला ७७ र पुरुष १३५ जना गरी २ सय १२ जनाकाे सम्मेलनमा बाक्लाे सहभागिता भएकाे सचिव अर्जुन कुमारले बताए । No description available. सम्मेलनकाे  सम्पूर्ण  व्यवस्थापन शिक्षा सराेकारका  १५ वटा गैर सरकारी संघ संस्थाले गरेका थिए ।

सामुदायिक विद्यालय व्यवस्थापन समितिकाे पदाधिकारीहरुकाे प्रथम कर्णाली प्रदेश सम्मेलन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्मेलनकाे  मुख्य विषय रहेकाे छ ।

‘कर्णाली प्रदेश भित्र रहेका सामुदायिक विद्यालयकाे अवस्ठा चिन्ताजनक रहेकाे छ । सीकाई उपलब्धी ५० प्रतिशत भन्दापनि कम रहेकाे सन्दर्भलाई मनन गर्दै विद्यालय व्यवस्थापन समितिकाे क्षमता विकास गर्नु पर्ने आवश्यक रहेकाे महशुस गरी प्रदेश स्तरिय सम्मेलन गरिएकाे छ ।’

सामुदायिक  विद्यालय  व्यवस्थापन समिति महासंघ नेपाल कर्णाली प्रदेशकाे अध्यक्ष गाेविन्द काेइरालाले सम्मेलनमा भन्नुभयो, ‘ मलुककाे  संघीय व्यवस्था सफल पार्न शिक्षाको विकासमा प्रभावकारी भूमिका खेल्न सामुदायिक विद्यालय व्यवस्थापन समितिकाे आवश्यक रहेकाे छ  ।’

सम्मेलनको पहिलो दिन विद्यालय व्यवस्थापन समितिका लागि मार्गदर्शक निर्देशनहरु  र विव्यस नितिगत व्यवस्था तथा विद्यालय सुधार याेजना निर्माण वर्तमान समस्या ,चुनाैति र समाधानका विषयमा कार्यक्रम सहजकर्ता श्रीप्रसाद भट्टराई र जीतबहादुर शाहले  प्रस्तुतिकरण गर्नुभएको थियो ।No description available.

शैक्षिक गुणस्तर  बढाउन  र  विद्यालयकाे व्यवस्थापन समितिकाे अहम भूमिका रहेकाे  सम्मेलनमा सहभागिमध्ये सगरमाथा आधारभूत विद्यालय काइके तारकाेट डाेल्पाका अध्यक्ष प्रेम बहादुर शाहले बताए ।