शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न नगरपालिकाले ऋण दिंदै

सामुदायिक विद्यालयका शिक्षकलाई आवश्यक विषयतग शैक्षिक सामग्री खरिद गर्न बागलुङको जैमिनी नगरपालिकाले आगामी शैक्षिक सत्र देखि  ऋण दिने  घोषणा गरेको छ।

शिक्षकलाई सहयोग गर्ने उद्देश्यले  नगरका सबै विद्यालयमा चक्रीय कोष कोष स्थापना गरी  आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउन लागेको नगरपालिकाले जानकारी दिएकाे छ ।

नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार शिक्षकले शिक्षण क्रियाकलाप सञ्चालन गर्न चाहिने ल्यापटप जस्ता महंगा सामग्री खरिद गर्न उक्त कोषबाट न्यून ब्याजमा ऋण पाउने छन् ।

कार्यविधि  निर्माण गरेर ऋण प्राप्त  गर्ने शिक्षकको तलवबाट मासिक निश्चित रकम काटेर नियमित ऋण असुली गर्ने  योजना रहेको उपप्रमुख  शर्माले बताए  ।