चितवन निर्वाचन क्षेत्र नं २ , तनहुँ निर्वाचन क्षेत्र नं १ र बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको लागि उपनिर्वाचन हुन लागेकाे हाे ।
बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन हुने क्षेत्रमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन निर्वाचन क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन् । ३ लाख ५३ हजार २ सय ४८ मतदाता मत दान गर्दै छन् ।
मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द व्यवस्थापन गरिएको छ ।
यसकारण हुँदै छ उपनिर्वाचन
४ मंसिरमा रास्वपाबाट निर्वाचित रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि चितवन २ मा उपनिर्वाचन हुँदै छ । तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।
कार्यविधि संवाददाता । १० बैशाख २०८०, आईतवार ०७:०० बजे