चालू आर्थिक वर्षको पहिलो ९ महीनामा वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले ६७ अर्ब १९ कराेड रुपैयाँ विदेश पुर्याएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नाै महीनामा मात्रै नेपाली विद्यार्थीले पढ्न जानका लागि ६७ अर्ब १९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सटही सुविधा लिएका हुन् ।
गत वर्षको सोही अवधिमा विदेशमा पढ्न जानका लागि नेपाली विद्यार्थीले ४३ अर्ब ६७ करोड रुपैयाँ मात्रै खर्च गरेको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पाेखरेलले बताएका छन् ।
कार्यविधि संवाददाता । २७ बैशाख २०८०, बुधबार १५:५८ बजे