गृह मन्त्रालयका सहसचिव बस्नेतलाई काठमाडौँ जिल्लाको प्रजिअमा

गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतलाई काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि  प्रमुख जिल्ला अधिकारी पद रिक्त भएकाे  थियो ।

बस्नेत यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, जिल्ला प्रशासन कार्यालय गोरखा, चितवन, पर्सामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वहन गरेका  थिए  ।