चालु आर्थिक वर्षको पहिलो महिनामा आन्तरिक राजस्व कार्यालय सुर्खेतले रू सत्र कराेड ४२ लाख ९६ हजार राजस्व सङ्कलन गरेकाे छ ।
साउनमा रू १४ करोड ९५ लाख २१ हजार राजस्व उठाउने लक्ष्य रहेकामा राजस्व असुली रू सत्र करोड ४२ लाख ९६ हजार पुगेको कार्यालयले जनाएकाे छ ।
राजस्व कार्यालय सुर्खेतले चालु आर्थिक वर्षकाे पहिलाे महिनामा गत आव श्रावण महिनाकाे तुलनामा २ कराेड १६ लाख ९९ हजार बढी राजस्व संकलन गरेको छ।
कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क शिर्षकमा राजस्व संकलन गरेको हो।
महिना दिनकै अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व आयकर शीर्षकमा रु ७ करोड ७८ लाख ४४ हजार संकलन गरेको छ। यसैगरी मूल्य अभिवृद्धि करमा ६ करोड २४ लाख ८२ हजार, बहाल करमा २९ लाख ८१ हजार, ब्याजकरमा १ करोड ५३ लाख ४८ हजार र अन्तशुल्कमा १ कराेड ५६ लाख ४१ हजार राजस्व संकलन गरेको हो। शुरु महिनामै लक्ष्यको तुलनमा थप १२ प्रतिशत राजस्व संकलन गरिएको कार्यालयका सूचना अधिकारी चक्र प्रसाद ढुङ्गानाले जानकारी दिए ।
कार्यालयले गरेकाे नियमित बजार अनुगमन, कर शिक्षाको सचेतना, करदातामा आएको कर सम्बन्धी जागरण र कार्यालयको प्रभावकारी सक्रियताका कारण राजस्व संकलनमा वृद्धि हुँदै आएको सूचना अधिकारी ढुङ्गानाले बताए ।
कार्यविधि संवाददाता । ३ भाद्र २०८०, आईतवार २१:३९ बजे