कर्णाली प्रदेशमा सुरक्षा तथा निगरानी प्रविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित आज हिकभिजन नेपाल ज्ञान आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नियोटेरिक नेपाल प्रालिका लागि कर्णाली प्रदेशको आधिकारिक वितरक क्वीक कम्प्युटर सोलुसनको आयोजनामा सम्पन्न कार्यक्रममा ५० भन्दा बढी पुनर्विक्रेता तथा जडान प्राविधिकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा दिवस भट्टराई तथा सन्दिप राज लवटले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले हिकभिजनका नवीनतम निगरानी प्रविधि, सुरक्षा समाधान, उत्पादन गुणस्तर, बजार रणनीति तथा प्राविधिक सहयोग सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी पुनर्विक्रेता तथा जडान प्राविधिकहरूले बजारको अवस्था, ग्राहकको आवश्यकता तथा आगामी सम्भावनाका विषयमा आफ्ना अनुभव र सुझावहरू पनि साझा गरेका थिए ।
त्यसैगरी नियोटेरिक नेपाल प्रालिबाट आदेश कुमार झा र सुमित मिश्रले नेपालको निगरानी प्रविधि बजारमा हिकभिजन तथा इजभिज ब्रान्डप्रति बढ्दो विश्वास, बजार विस्तार तथा आगामी योजनाबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा धर्मराज भण्डारीले यस्ता कार्यक्रमहरूले प्रदेशभरका व्यवसायी, पुनर्विक्रेता तथा जडान प्राविधिकहरूबीच समन्वय, सहकार्य तथा प्राविधिक ज्ञान आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सहभागी अधिकांश व्यवसायीहरूले कर्णाली प्रदेशमा सुरक्षा प्रविधिको माग तीव्र रूपमा बढिरहेको तथा हिकभिजन ब्रान्डप्रति ग्राहकको विश्वास अझ मजबुत बन्दै गएको बताएका थिए । आयोजकका अनुसार आगामी दिनहरूमा अझ प्रभावकारी सेवा, प्राविधिक सहयोग तथा बजार विस्तारमार्फत हिकभिजन ब्रान्डलाई कर्णाली प्रदेशभर थप विस्तार गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्ण अतिथि, पुनर्विक्रेता, जडान प्राविधिक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो ।


कार्यविधि संवाददाता । २ जेष्ठ २०८३, शनिबार १७:१४ बजे