६ करोडमा तयार भयो कर्मचारी संचय कोष सुर्खेतकाे नयाँ भवन

 कर्मचारी संचय कोषले करिब ६ करोड रुपैयाँ लागतमा कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे  वीरेन्द्रनगरमा नयाँ कार्यालय भवन तयार गरेको छ ।

वीरेन्द्रनगर -७ इत्राममा जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे पूर्व खरिद गरेकाे जग्गामा कोषले भवन निर्माण गरेकाे जनाएकाे छ।

कोषले वि ‌⋅स· २०६९ सालमा उपत्यका नगर विकास समिति वीरेन्द्रनगर नगरपालिका संग ११ कठ्ठा १ कराेड २२ लाखमा खरिद गरेकाे थियाे ।

 निर्माणकाे ठेक्का पाएकाे सनलाइट वाइ एसएस जेभी धनगढीले भ्याटबाहेक रु पाँच करोड ९४ लाख ९९  हजार ३२४  को लागतमा भवन निर्माण गर्न वि⋅स·२०७७ अषाढ १६  गते ठेक्का सम्झाैता गरी श्रावण १ देखी कार्य आरम्भ गरेकाे थियाे ।

उक्त भवन विसं २०७८पुस मसान्त सम्म निर्माण गरिसक्नुपर्ने संझौतामा उल्लेख छ तर कोभिड १९ जस्ता महामारीका कारणले समयमा निर्माण गर्न नसकिएकाे कर्मचारी संचय काेष  केन्द्रिय कार्यालय ललितपुरका प्रबन्धक इन्जिनियर राम प्रसाद राईले बताए ।

अहिले कर्मचारी संचय कोष सुर्खेतले भाडामा लिएकाे पुरानो भवनबाट प्रशासनिक काम गर्दै आएको छ।भवन निर्माणको काम लगभग सकिएको र असाेज महिनाभित्रै कार्यालय सार्ने तयारी रहेकाे कर्मचारी संचय कोष सुर्खेतका कार्यालय प्रमुख रवि तामाङ्गले बताए ।

इन्जिनियर राईका अनुसार नवनिर्मित भवनमा पार्किङसहित ४ ब्लग  रहेका छन् । यो भवनमा प्रशासनिक ब्लग ,कार्यालय प्रमुख आवास ब्लग, गार्ड क्यान्टिन ब्लग छन् । भवनमा गाडी मोटरसाइकल/स्कुटर पार्किङ क्षमता रहेकाे छ ।