सडक सुरक्षाको लागि प्रहरीसँग सहकार्य गर्दै वर्ल्डलिंक

सुर्खेत । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंकले सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार वीरेन्द्रनगर-६ को बिच बजारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतसँगको सहकार्यमा नागरिकलाई सडकको प्रयोग र ट्राफिक नियम सम्बन्धी जानकारी गराइएको हाे।
सडक दुर्घटना हुनबाट बचौं र बचाऔ भन्ने मुल नारासहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र सिंह बुढाथोकीको उपस्थितीमा वल्डलिंकका झण्डै ८० जना कर्मचारी र नागरिकहरुलाई सडकको सही प्रयोग तथा ट्राफिक नियम सम्बन्धी जानकारी गराइएको वर्ल्डलिंक सुर्खेतका प्रमुख कुमार आचार्यले जानकारी दिए ।
उनकाअनुसार वर्ल्डलिंकमा कार्यरत प्राविधिक र अन्य कर्मचारीहलाइ सुरक्षित सडक यात्रा कसरी गर्ने र ट्राफिक नियमबारे थप स्पष्ट हुन पुनर्ताजकिसमेत गराइएकाे छ ।