कर्णाली प्रदेश प्रहरीले प्रयोगमा ल्यायो गुनासो र उजुरी गर्न ‘क्यूआर कोड’

कर्णाली प्रदेश प्रहरीले  गुनासो सम्बोधनका लागि ‘क्यूआर कोड’ प्रयोगमा ल्याएको छ । उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय सुर्खेतले  ‘क्यूआर कोड’ प्रयोगमा ल्याएको हो ।

सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिरमर्का वा कैफियत भएमा सिधै ‘क्यूआर कोड’ मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्नेछन् ।

कर्णाली  प्रदेश अन्तर्गत रहेका प्रहरी विद्यालय समेतले  प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको छ  ।

‘क्यूआर कोड’  कर्णाली  प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत 〈 हाल नेपालगंज 〉 , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत  , विशेष सुरक्षा गण काेहलपुर बाँके〈 हाल नेपालगंज 〉  , कर्णाली  प्रदेश सशस्त्र प्रहरी गण  सुर्खेत  र १०  वटै जिल्ला प्रहरी कार्यालय        कर्णाली प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म जुम्ला र कर्णाली प्रदेश प्रहरी विद्यालय सुर्खेतले समेतले सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याईने पत्रकार सम्मेलेन गरी प्रदेश प्रहरी  कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख एवं  प्रहरी नायव  महानिरीक्षक (डिआईजी)  भीम प्रसाद ढकालले यसले दिनदिनै हुँने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न प्रहरीलाई सहज हुनुकाे साथै प्रहरीप्रति सेवाग्राहीकाे विश्वास थप हुने बताएका छन् ।

कार्यक्रममा कार्यालयले  कर्णाली  प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धि कार्यविधि, २०८० र उक्त क्यूआर कोड सार्वजनिक समेत गरेकाे छ  ।