निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित शुन्यान्त गर्दा ९ प्रतिशत परीक्षार्थीले परिक्षा उत्तीर्ण गरेका छन् ।
शिक्षक सेवा आयोगले गत कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १३ हजार ७ जनाले परीक्षा उत्तीर्ण गरेका छन् । सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ ।
तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनी उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने उम्मेदवारहरूको आयाेगले परीक्षा रद्द गरेको जनाएकाे छ ।
मंसिर २७ गतेभित्र परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको अनलाइन फाराम भर्दा आफ्नो नाम थर, बाबुको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना फरक परेमा सच्याउन समय दिएको छ ।
अध्यापन अनुमतिपत्रमा आफ्नो विवरण फरक परेमा नतिजा प्रकाशन भएको एक वर्षभित्र सच्याई सक्नु पर्ने आयोगले जनाएको छ । त्यसपछि भने विवरण सच्याउन नपाइने आयोगले जनाएको छ ।
अध्यापन अनुमतिपत्र वितरण कार्य परीक्षामा सहभागी भएकै जिल्लाको शिक्षा विकास समन्वय इकाइबाट हुने आयोगले जनाएको छ ।
कार्यविधि संवाददाता । १२ मंसिर २०८०, मंगलवार १९:३५ बजे