गाडी दुर्घटनामा परी बालरोग विशेषज्ञ डाक्टरसहित ५ जनाकाे मृत्यु

चन्द्रागिरीस्थित सेतो पहरामा  गाडी दुर्घटनामा परी बालरोग विशेषज्ञ डाक्टरकाे मृत्यु  भएकाे छ ।

वरिष्ठ बालरोग विशेषज्ञ ३८ वर्षीय डा. महेशकुमार गौतमसहित ५ जनाकाे  मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको बा प्र ०१-०२३ च ६९८५ नम्बरको कार ११:५५ मा दुर्घटनामा परेको हो । गाडी सेतो पहराबाट करिब ५ सय मिटर तल खसेको थियो । उक्त दुर्घटनामा परी गौतमको परिवार र उनका आफन्त गरी पाँच जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा गौतमका ६ वर्षीया छोरी स्मारिका र ६ वर्षीय छोरो प्रियान्स गौतमको मृत्यु भएको हो । सोही दुर्घटनामा मृत्यु भएका ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी पनि गौतमका आफन्त हुन् ।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले  बताए  । निधनले चिकित्सा स्वास्थ्य सेवाको क्षेत्रमा अपुरणीय क्षति पुगेको  छ ।