मुख्यमन्त्री : लाेकल रक्सी र गाँजालाई प्रदेश सरकारले वैधानिकता दिने

आर्थिक अवस्था कमजाेर भएकाे भन्दै  लाेकल रक्सी र गाँजालाई प्रदेश सरकारले वैधानिकता दिने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  बताएका छन् ।

गाँजालाई वैधानिकता दिन सकियो भने बाँझो जमिन उपयोग हुन्छ । स्थानीय कोदोबाट बनाइने रक्सीलाई वैधानिकता दिने हाे भने नेपालकाे ग्रामीण क्षेत्रका युवाहरुकाे आर्थिक अवस्था मजबुद हुदैँ जान्छ जसले  विदेश पलायन हुने युवाशक्तिलाई रोक्न सकिन्छ ।

बाग्लुङकाे जैमिनी नगरपालिका र स्थानीय सहारा युवा क्लबले आयोजना गरेको माघे संक्रान्ति मेला तथा तेस्रो जैमिनी मेला उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्ताे वाचा गरेका हुन् ।

उनले आगामी हिउँदे अधिवेशनमा सरकारले ती विषयमा कानुन बनाउन पहल गर्ने  बताए ।