नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.६१ अंकले घटेको हो । १.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१४८.१६ अंकमा ओर्लिएको छ ।
कुल २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा कारोबार रकम भने बढेको छ । मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सूचिकृत १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ । आज व्यापार समूहको सेयर मूल्य सर्वाधिक घटेको छ ।
बिहीबार १९ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन शिवम सिमेन्टले सर्वाधिक २५ करोड २२ लाख ११ हजार रुपैयाँको कारोबार गरेको छ ।
आज बलेफी हाइड्रोपावरको सेयरमा उच्च वृद्धि भएको छ । त्यस्तै युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । यसरी नै शेयर बजारकाे काराेबाराे घट्दै जाने हाे भने शेयरहाेल्डरकाे अवस्ठा नाजुक हुने छ ।
कार्यविधि संवाददाता । १९ श्रावण २०७९, बिहीबार १६:३३ बजे