स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएकाले दिएनन् भाेट

आज राष्ट्रिय सभाको १९ सदस्यका लागि सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान ताेकिएकाे थियाे  ।

बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियो।

सो अवधिमा प्रदेश सभाका सदस्य र स्थानीय सरकार प्रमुख/ उपप्रमुखहरूले मतदान गरेका थिए ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन साह, हर्क साम्पाङ र गोपाल हमालले भने भोट दिएनन्।

उनीहरुले कार्यव्यस्तताका कारण मतदान गर्न नगएको जनाए ।