घुससहित सहायक वन अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइरहेकाे अवस्थामा सहायक वन अधिकृतलाई  नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग घुस लिदै गर्दा  बाँके नेपालगंज उपमहानगपालिका -११ स्थित दङगाली मम सेन्टरबाट सव डिभिजन वन कार्यालय राँझाका सहायक वन अधिकृत नारायण पार्दे पक्राउ परेका छन् ।

पार्देलाई बुटवल स्थित नेपालगंज अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले रु सात हजार नगद र श्राेत खुल्न नसकेकाे पैतालिस हजार नाैसय पचहत्तर रुपैयाँ सहित पक्राउ गरेको हो ।

अधिकृत पार्देले काठ चिरान सिफारिस गर्नका लागि सेवाग्राहीबाट नगद घुस मागेकाे आयाेगले जनाएकाे छ  ।