काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन पुनः बन्द भएको छ। यातायात व्यवस्था विभागका अनुसार प्राविधिक समस्या देखिएकाले सेवा बन्द गरिएको हो ।
विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ। विभागले एक सूचना जारी गर्दै भनेको छ,‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।’ गत सोमबारदेखि अनलाइन प्रणालीमार्फत सुरु भएको सेवा पुनः बन्द भएको हो।
कार्यविधि संवाददाता । ११ कार्तिक २०७८, बिहीबार १६:१७ बजे