अचानक स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार तय भएको सवै कार्यक्रम स्थगित गरी आराम गर्नुभएको थियाे । शनिवारको कार्यक्रमसमेत रद्ध गरिएको छ ।
शुक्रवार प्रधानमन्त्री ओलीका तीन महत्वपूर्ण कार्यक्रम रहेपनि बिहान बालुवाटारमा चिकित्सकहरुसँगको कुराकानीपछि सवै रद्ध गरिएको हो । प्रधानमन्त्री ओलीले शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चतनारायण आचार्यसहित सवै मन्त्रीसँग भेट्ने कार्यक्रम रहेपनि स्वास्थ्यमा समस्या आएपछि आइतबार सारिएको छ ।
मुख्यमन्त्री आचार्यले शुक्रबार सामूहिक भेट्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि आइतबार ११ बजेलाई सारिएको बताउनु भयो । ‘प्रधानमन्त्रीज्यूसँग शुक्रवार भेट्ने कार्यक्रम उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार ११ बजेलाई सारिएको छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ।
अस्वस्थताकै कारण प्रधानमन्त्री ओली नेकपा एमाले वन तथा वातावरण विभागले सामुदायिक वन दिवसको अवसरमा आयोजना गरेको वनको दिगो व्यवस्थापन, समृद्धि र जनवायु न्याय विषयक राष्ट्रिय नीति सम्वाद कार्यक्रममा समेत सहभागी हुनुभएन ।
कार्यविधि संवाददाता । २५ श्रावण २०८१, शनिबार ०४:३१ बजे