निवृत्त शिक्षककाे नाममा तलब भत्ता

काठमाडौँ महानगरपालिकाभित्रका केही सामुदायिक विद्यालयले अवकाश प्राप्त शिक्षकको नाममा पनि महानगरपालिकाबाट तलबभत्ता लिने गरेको पाइएको छ ।

सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा तिनले मासिक रूपमा बुझ्ने गरेको तलबभत्ताको विवरण अध्ययन गर्दा महानगरपालिकाले यस्तो फेला पारेको हो ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार कानुनविपरीत तलबभत्ता लिएका शिक्षकबाट ५० लाख रुपियाँ फिर्ता गराइएको छ । गोरखापत्रमा खबर छ ।