जनप्रतिनिधिको न्यून सहभागिता

हुम्ला ।  हुम्लामा भएको नवौँ जिल्ला सभामा अधिकांश गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष नै अनुपस्थित भएको पाइएको छ  ।  शुक्रबार र शनिबार भएको जिल्ला सभामा अधिकांश गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष अनुपस्थित रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताए  ।  अनुसार जिल्लाका सात वटा गाउँपालिकामध्ये तीन जना अध्यक्ष र एक जना उपाध्यक्षको मात्र उपस्थिति थियो । सभाका लागि मुख्य सदस्यका रूपमा रहेका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष नै हरेक वर्ष अनुपस्थित हुने हो भने सभाको कुनै अर्थ नरहेको उनल‍े  बताए  । जिल्लाका लागि आवश्यकता पहिचान गर्ने सभाको बैठकमा अनुपस्थितिले यसको आवश्यकता नुबझेको उनले

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कानुनको पालना गरेर सबै अनुशासनमा बस्नुपर्ने बताए । उनले  योजना बाँडफाँटमा मात्रै आउने तर अन्य महत्वपूर्ण कार्यक्रमलाई बेवास्ता गर्ने चलन राम्रो नभएको उल्लेख गरे । सभामा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावल, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञान सिंहको मात्र उपस्थिति रहेको थियो  ।

सभामा अनुपस्थित रहेका अधिकांश जिल्ला बाहिर रहेको बताइएको  छ । जिल्ला समन्वय समितिले एक हप्ताअगाडि नै आमन्त्रणका लागि पत्राचार गरे पनि उहाँहरू अनुपस्थित भएको समितिले जनाएको छ ।  यसै गरी नौ सदस्यीय जिल्ला समन्वय समितिमा पनि दुई जना अनुपस्थित रहेका थिए  । सभाले कर्णाली कोरिडोरलाई स्तरोन्नतिसहित कालोपत्र गर्ने, हुम्ला जिल्लालाई रासायनिक मल र विषादीमुक्त जिल्ला बनाउन र सिमा क्षेत्रमा आवश्यक संरचना स्थापना गर्नेलगायतका निर्णय गरेको छ  ।