जाजरकाेट । बारेकोट गाउँपालिका जाजरकोटका वडा सचिवले नागरिकलाई वडा कार्यालय बाट प्रदान गरिने सेवाका बारेमा टोल टोलमा गएर जानकारी गराउँन थालेका छन । सोमबार बारेकोट गाउँपालिका वडा नम्बर २ रोकाय टोलमा आयोजना गएिको नागरिक सचेतना अभियान कार्यक्रममा महिलाहरुलाई घटनादर्ताका बारेमा विभिन्न सिफारीका बारेमा वडाले प्रदान गरिने सम्पूर्ण सेवका बारेमा बारेकोट गाउँपालिका वडा नम्बर २ का सचिव हरिकला सिंहले जानकारी दिएकी छन् ।
उनले महिलाहरुले प्राप्त गर्ने अधिकारहरु समयमै प्राप्त गरिसक्नु पर्नेमा बाताइन् । उनले भनिन् विवहा गरेको ३५ दिन भित्र विवाहदर्ता १६ वर्षमा नागरिकता बनाइ सक्नु पर्छ । समयमा नागरिकता र विवाहदर्ता नगराउँदा धेरै महिलाहरुले समय वित्दै गए पछि दुख पाएका छन । त्यसैले जे काम पनि समयमै गर्नुहोला । त्यसैगरी पहाडी क्षेत्र विकास अभियान जाजरकोटका सामाजिक परिचालक मनिसा रावल खत्रीले नागरिकका अधिकारहरु खास गरी महिला, दलित, लैगिंक तथा यौनिक अल्पसंख्यक र अपांगता भएका व्यक्ति लगाएत सिमान्तकृत समुदायका अधिकारका बारेमा जानकारी दिइन् ।
नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सयूक्त राष्ट्र विकास कार्यक्रम परियोजनाको सहयोग र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारीमा सञ्चालित कानूनी पहुँच ,जवाफदेहिता र जनमुखी न्यायका लागि महिला र सिमान्तकृत समुदायको सशक्तिकरण परियोजना अन्तरगत बारेकोट गाउँपालिका २ मा उक्त कार्यक्रमको आयोजना गरिएको हो । यस प्रकारका कार्यक्रम अभियानको रुपमा नौ वटै वडाका विभिन्न टोलहरुमा गरिने परियोजना संयोजक भिमबहादुर नेपाली बताए ।



कार्यविधि संवाददाता । १० बैशाख २०८३, बिहीबार १५:३० बजे