राजनीतिक विवादले जयदेव मावि संकटमा

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका छ  स्थित जयदेव माध्यमिक विद्यालय राजनीतिक विवाद र प्रशासनिक ढिलासुस्तीका कारण समस्यामा परेको छ। विद्यालयको पुरानो भवन जीर्ण बन्दै जाँदा विद्यार्थीको सुरक्षामा समेत जोखिम बढेको छ । प्रधानाध्यापक तिलकप्रसाद शर्माका अनुसार पुरानो भवन भत्काएर नयाँ भवन निर्माणका लागि सङ्घीय सरकारले एक करोड ७५ लाख रुपियाँ बजेट विनियोजन गरिसकेको छ । ठेक्का प्रक्रिया पूरा भए पनि प्राविधिक मूल्याङ्कन नहुँदा निर्माण कार्य अघि बढ्न सकेको छैन ।

विद्यालय प्रशासनले नगरपालिकाबाट आवश्यक सहयोग नपाएको गुनासो गरेको छ भने नगर उपप्रमुख मनसरा कुमारी शर्माले भवन निर्माणमा कुनै अवरोध नरहेको बताउँदै आवश्यक पहल गरिने बताइन् । विद्यालयमा व्यवस्थापन समिति, शिक्षक व्यवस्थापन तथा भवन निर्माणका विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ ।