सुर्खेत । वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास, प्रवद्र्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिने छ । कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित बायर–सेलर, सञ्चारकर्मी, ट्राभल भ्लगर, ट्रेड प्रोफेशनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता छ ।
साथै, सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटनकर्मी तथा यससँग सम्बद्ध व्यक्ति तथा संस्थाहरुको सहभागिता छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुल्लू र गुराँस गाउँपालिकाको सहआयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा पहिलो पटक पर्यटन महोत्सव आयोजना भएको हो ।



कार्यविधि संवाददाता । ८ जेष्ठ २०८३, शुक्रबार १५:०७ बजे