पछिल्लो दिनयता सुर्खेतमा कोरोना संक्रमण तिब्र बढेको छ । जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतको अनुशार जिल्लामा सबै उमेर समूहका मानिसहरुमा कोरोना संक्रमण बढेको जनाएको छ ।
स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतन निधि वाग्लेका अनुशार पछिल्लो हप्ता दिनको अवधिमा सुर्खेतमा सक्रमण दर एकाएक बढेको छ । उहाँले केही दिनयता गरीएको परीक्षणमा सबै उमेर समूहका मानिसहरु देखिएको भन्दै घरबाट बाहिर धेरै हिँडडुल गर्दा स्वास्थ्य मापदण्ड पुरा नगरेकै भएकोले संक्रमण दर बढ्दै गएको बताउनुभयो ।
मंगलबार जिल्लामा ९२ जनामा कोरोना परिक्षण गरिएकोमा ४७ जनामा सक्रमण पुष्टि भएको छ ।
उहाँले पछिल्लो समय व्यक्तिभन्दा पनि एउटै संस्थामा कार्यरत कर्मचारी ,अध्ययनरत विद्यार्थिको समूहमा सक्रमित हुने क्रम बढेको छ । गत सोमबार सुर्खेत स्थित एक बैँङ्कका १० कर्मचारीलाई देखिएको बताउनु भएको छ ।
कार्यविधि संवाददाता । ४ माघ २०७८, मंगलवार १८:५८ बजे