चट्याङ लागेर एक महिलाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका– ५ निवासी ४० वर्षीया  तारा सार्कीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको छ ।

तारा अपरान्ह बारीमा मकै खन्दै गरेको बेला चट्याङले हानेर गम्भीर घाइते भएकी  थिइन् । उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको  गुल्मीका प्रहरी प्रवक्ता डिएसपी  माधवराज खरेलले बताए ।