इन्सपेक्टर शाही बने कर्णाली प्रदेशको सर्वोत्कृष्ट प्रहरी

६७ औं प्रहरी दिवस २०७९ को उपलक्ष्यमा कर्णाली प्रदेशको प्रहरी कार्यालयले गरेको मूल्यांकनकाे आधारमा  इलाका प्रहरी कार्यालय थारमारे सल्यानका  प्रहरी निरीक्षक (इन्सपेक्टर) कनक शाही  उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

कर्णाली प्रदेश  प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा शाहीलाई  यस वर्षकाे  सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

गत साउन महिनामा दुई जना भारतीय नागरिकले सुन तौल र मुल्यमा कैफियत गरी ठगी गरेको मुद्वामा २ जना प्रतिवादी प्रकाउ गरी कारवाही गरेको, सल्यानको दार्मा ३ मा ३ जनाव्यक्तिहरुलाई तेजाव एसिड पराहर गरी फरार भएका अभियुक्त पक्राउ गरी सफल अनुसन्धान गरेको ।

सल्यान बागचौर-२मा जुवा खेलिरहेको अवस्थामा १० जना व्यक्तिहरु पक्राउ गरी जुवा नियन्त्रण मुद्वामा कारवाही गरेको जि.प्र.का.सुर्खेतको     अनुसन्धान  शाखामा १ बर्ष कार्यरत अवधिमा विवाद रहित तरिकाले अनुसन्धान अधिकृतको रुपमा कार्यगरी अपराध अनुसन्धानमा उल्लेखेनिय  योगदान  गरेकाले उनलाई सर्वोत्कृष्ट घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले  जानकारी दिएका छन् ।

त्यस्तै, उत्कृष्ट व्यवस्थापन कार्यगर्ने  जिल्ला प्रहरी कार्यालय दैलेखका  प्रहरी नायव उपरीक्षक  भुवनेश्चर प्रसाद शाह,  प्रहरी कार्य विपद व्यवस्थापनमा प्र.स.नि.प्रहरी चौकी हाँकु जुम्लाका गोबिन्द बहादुर के.सी. , जोखिम पुर्ण कार्य गर्ने  जिल्ला प्रहरी कार्यालय कालिकोटका  प्र.स.नि.कालि राम थारु , महिलातथा बालबालिका सेवा केन्द्र प्र.ब.ह शिव राज शर्मा , सशस्त्र प्रहरी सेनामुख जाजरकोट प्र.ब.ह उत्कृष्ट ट्राफिक व्यवस्थापक टिकारा सिग्देल,   प्रहरी कार्य विपद व्यवस्थापन प्रहरी चौकी चैनागाँउ मुगुका  प्र.ब.ह. भोपाल बोहरा , उत्कृष्ट अनुसन्धान कर्ता प्रहरी चौकी माझगाँउ डोल्पा का  प्र.ज. हिमाल शाही , उत्कृष्ट कार्य गर्ने नगर प्रहरी कार्यालय सुर्खेतका  प्र.का. स. डम्बर राज गिरी सहित नाै जना प्रहरी पुरस्कृत भएकाे प्रवक्ता एसएसपी श्रेष्ठले बताएका छन् ।

 

प्रहरी नियमावली २०७१ को परिच्छेद १५ को नियम १९७ देहाय (ख) बमोजिम नगद पुरस्कारद्धारा पुरस्कृत गरिदिन ९  (नाै )  जना प्रहरी कर्मचारीलाई पनि पुरस्कार दिइएको छ ।