एमालेका दुई नेतालाई आयोगको २४ घण्टे स्पष्टीकरण

प्रतिनिधिसभा धनुषा क्षेत्र नं ३ मा नेकपा एमालेकी उम्मेदवार जुली महतो र प्युठानका उम्मेदवार सूर्य थापालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

महतोले आफ्नो गाडीको पछाडि चुनावी फ्लेक्स टाँसेर निर्वाचन आचारसंहिताविपरीत प्रचार गरेको र थापाले बालबालिकाको प्रयोग गरी चुनावी गीत गाउन लगाएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । कान्तिपुर पत्रिका