रवि लामिछानेविरुद्धको उजुरीबारे निर्वाचन आयोग : कानूनअनुसार अयोग्य ठहरिएमा निर्वाचनको परिणाम आइसकेपछि पनि कारवाही हुने

चितवन प्रतिनिधिसभा क्षेत्र नं २ का  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  उम्मेदवार रवि लामिछानेको नागरिकता प्रकरणको उजुरीबारे निर्वाचन आयोगले प्रमाणको आधारमा निर्णय गर्ने जनाएको छ ।

बिहीबार गरेको पत्रकार सम्मेलनमा उक्त उजुरीबारे उठेको प्रश्नमा जवाफ दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्णय गरिने बताएका छन ।

मतपरिणाम आइसकेपछि पनि चित्त नबुझेमा अदालत जान सकिने  आयुक्त थपलियाले  बताए ।  आयोगका अनुसार सम्बन्धित मूख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेलाई ७ दिनको समय सीमा दिएर स्पष्टीकरण सोधेको छ ।

निर्वाचन  आयुक्त थपलियाले  थप अनुसन्धान गरेर निर्णय गर्नेछ । कानूनअनुसार अयोग्य ठहरिएमा निर्वाचनको परिणाम पश्चात  पनि कारवाही हुने  जनाएका  छन्  ।