वृद्धभत्ताको पैसा नदिएपछि कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले बन्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छन् ।
थारुले मंगलवार राति ७१ वर्षीया (आमा) लगनी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएपछि थरुनीलाई उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो । तर, लम्कीमा उपचार सम्भव नभएपछि उनलाई धनगढी अस्पतालमा ल्याइएको थियाे । उनको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
उता, इलाका प्रहरी कार्यालय लम्कीले हत्या आरोपित थारुलाई पक्राउ गरेको जनाएको छ । उनलाई मंगलवार बिहान उनलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ ।
कार्यविधि संवाददाता । १७ माघ २०७९, मंगलवार ११:२२ बजे