क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि प्रकाशित गरिएको मतदाता विद्यार्थीको नामवली विवादित भएपछी पर्साको वीरगञ्जस्थित ठाकुरराम क्याम्पसमा आगजनी भएकाे छ ।
प्रकाशित नामवलीमा फर्जी विद्यार्थीको नाम पनि राखिएको भन्दै असन्तुष्ट विद्यार्थीहरुले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन् । आगजनीबाट फर्निचर र केही कागजात जलेर नष्ट भएको क्याम्पस प्रमुख डा. उमेश कुमार चौरसियाले बताएका छन् ।
प्रहरीले आगजनी गरेको आरोपमा तीन विद्यार्थी नेतालाई पक्राउ गरेको हो ।
मतदाता विद्यार्थी नामवली र निर्वाचन विषयमा क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र विभिन्न विधार्थी संगठन तथा समूहका नेताहरुबीच छलफल चलिरहेको र निर्वाचन प्रक्रिया स्थगित भएकाे छ । सो क्रममा फर्जी विद्यार्थीलाई नामवलीमा राखेको भन्दै एक समूहले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले बताएकाे छ।
कार्यविधि संवाददाता । २६ फाल्गुन २०७९, शुक्रबार २१:२३ बजे