लायन्सकोे चौथो गभर्नरमा नेपालगंजका ढकाल निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालको गर्भनरमा नेपालगंजका मुकुट ढकाल निर्वाचित भएका छन् ।

कैलालीको धनगढीमा गत  शनिबार सम्पन्न प्रथम कन्भेन्सनबाट लायन वर्ष २०२३–२०२४ का लागि ढकाल डिष्ट्रिक गर्भनर निर्वाचित  भएका हुन्  ।  प्रतिष्पर्धी नभए पनि ५१ प्रतिशत भन्दा बढी एस मतका आधारमा ढकाल निर्वाचित भएका हुन्   ।

उनी यसअघि फस्ट भीडीजी थिए । निर्वाचित हुन कम्तीमा ५१ प्रतिशत एस मत ल्याउनु पर्ने प्रावधान रहे पनि ढकालले झन्डै ९९ प्रतिशत एस मत ल्याएका थिए ।

त्यसैगरी फस्ट भीडीजीमा दाङका विनोदकुमार श्रेष्ठ र सेकेन्ड भीडीजीमा ज्ञानेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । गभर्नर ढकालले नेपालगन्ज उपमहानगरपालिकाका पूर्वउप–प्रमुख उमा थापा मगरलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको सचिव र तेज अधिकारी कोषाध्यक्षमा मनोनित गरेका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको ढकाल दोस्रो गभर्नर बनेका हुन् । नेपालमा ५२ वर्षे इतिहास बोकेको लायन्समा ढकाल पश्चिम क्षेत्रबाट चौथो गभर्नर बनेका हुन् ।

नेपालमा लायन्स क्लब सन् १९७१ मा स्थापना भएको थियो । सुरु सुरुमा देशमै एउटा मात्र डिष्ट्रिक क्लब थियो । त्यसको केही वर्षपछि २ वटा डिष्ट्रिक भयो । दुईबाट चार वटा डिष्ट्रिक बनाइयो । गत वर्ष देशभरी डिष्ट्रिकको संख्या १५ वटा पुगेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनमा भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १४० वटा क्लब आबद्ध छन् । यो डिष्ट्रिकमा झन्डै पैतिस सय  सदस्य छन् ।