नेपाल टेलिकमको पोर्टल ह्याक गरेको इन्डोनेसियाली ह्याकरको दाबी

इन्डोनेसियाली ह्याकरको एक समूहले नेपाल टेलिकमको मनिटरिङ पोर्टल ह्याक गरेको दाबी गरेकाे छ । ‘Ganosec Team’ नाम भएकाे उक्त समूहले टेलिग्राम च्यानलमार्फत टेलिकमको पोर्टल कब्जामा लिएकाे दाबी गरेकाे हाे ।

यसअघि भारतका विभिन्न वेबसाइट ह्याक गरेको दाबी गर्ने यो समूहले टेलिग्राम पोस्टमा भारतसँगको आफ्नो मामिलामा नेपाललाई कहिल्यै हस्तक्षेप नगर्न चेतावनी दिएकाे छ ।

साइबर सुरक्षा विश्लेषक विजय लिम्बूले इन्डाेनेसियाली ह्याकरहरूले नेपाल सरकार र यस मातहतका एजेन्सीको वेबसाइटमाथि आक्रमण गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार यही समूहले टेलिकमकाे मनिटरिङ पाेर्टल कब्जामा लिई इन्टर्नल बजेट डेटा चुहाएकाे दाबी गरेकाे हाे ।

यता टेलिकमका प्रवक्ता शाेभन अधिकारीले पाेर्टल ह्याक भएकाे विषयमा सम्बन्धित टिमलाई सूचना दिएर अनुसन्धान अघि बढाइएकाे जानकारी दिएका छन् । आजकाे टेकपानामा