सुर्खेतमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ३० को मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (०७९/८०)मा जिल्लामा ३१९ सवारीसाधन दुर्घटना हुँदा ३० को मृत्यु भएको छ । दुर्घटनाबाट २२ पुरुष र सात महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा १४२ जना गम्भीर घाइते भएका छन् भने, ४२३ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्यांकमा छ ।
अघिल्लो आर्थिक वर्षमा १९३ सवारी दुर्घटनामा ३१ को मृत्यु भएको थियो ।
ट्राफिक प्रहरीका अनुसार अघिल्लो वर्षभन्दा गत आवमा २२६ सवारी दुर्घटना बढेका छन् । मृतकको संख्या एकले घटेको छ । मृत्यु हुनेमा पुरुषको संख्या अधिक छ ।
हरेक बर्ष यो तथ्यांक बढ्दै गएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र सिंह बुढाथोकीले बताउनु भयाे ।
सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । गत वर्ष २५९ वटा मोटरसाइकल, ४६ टेम्पाे , ४४ जिप तथा कार, १९ माइक्राे, १७ बस, १८ ट्रक टेकंर, १३ ट्याक्टर, ६ टिपर , ४ शास चल्ने र १ अन्य गरी ४२८ सवारी साधन दुर्घटनामा परेका छन् ।
आर्थिक वर्ष ०७८/०७९ मा १४ हजार ७०२ सवारीसाधनलाई कारवाही गरी १ करोड ९ लाख ११ हजार र ५ सय ३५ मापसे गर्नेबाट ५ लाख ३५ हजार राजश्व सङ्कलन गरेको थियो ।
कार्यालयले गत आवमा १९ हजार ६ सय ३१ सवारी कारवाही गरी एक करोड ४७ लाख ६३ हजार ५०० र १ हजार ५ सय २३ मापसे गर्नेबाट १५ लाख २३ हजार राजश्व संकलन भएकाे छ ।
हलुका सवारीसाधनको तीव्र गति , बढ्दो सवारीको चाप , मापसे , साँघुरा सडक , यान्त्रिक अवस्था र विमाका कारण दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरी प्रमुख बुढाथोकीले कार्यविधिलाई बताउनु भयाे ।
कार्यविधि संवाददाता । ११ श्रावण २०८०, बिहीबार १९:१९ बजे