गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा १२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।
स्थानिय पूर्वाधार विकास आयाेजना कर्णाली प्रदेश कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०७९/८० मा १२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ ।
तीमध्ये दुईवटा पुलले सुर्खेत ,सल्यान र दैलेख ,कालिकाेट जिल्लालाई जोडेका छन् । बाँकी दशमध्ये कालिकाेट, जाजरकाेट र सुर्खेतमा दुई/दुई वटा तथा दैलेख, जुम्ला, रकुम पश्चिम र डाेल्पामा एक/एक वटा सहित १२ झोलुङ्गे पूल निर्माण सम्पन्न भएको स्थानिय पूर्वाधार विकास कार्यालय आयाेजना सुर्खेतले जनाएको छ ।
दुई जिल्ला जोड्न काँक्रेताडा सल्यान वनगाढ कुभिण्डे नगरपालिका -२ र सुर्खेत सिम्ता गाउँपालिका-३ काँक्रेताडामा जाेड्ने २ सय ३२ मिटरकाे र कालिकाेट तिलागुफा नगरपालिका -१० र सानी मार्ग दैलेख जाेड्ने १ सय १ मिटरकाे झाेलुङ्गे पूल निर्माण सम्पन्न भएको हो ।
कार्यालयका सूचना अधिकारी ईन्जिनियर रिवेश ब्यन्जु श्रेष्ठका अनुसार रसी माझगाउँ गुम्बा पानीखाेला त्रिपुरासुन्दरी नगरपालिका -२ डाेल्पामा १ सय २२ मिटरको , दैलेखकाे दुल्लुनगरपालिका -१० र ११ मा जाेड्ने १ सय २१ मिटरकाे झोलुङ्गे पूल निर्माण सम्पन्न भएकाे छ ।
यसैगरी कालिकाेट नरहरीनाथ गाउँपालिका -६ गाैजेनी र सिमलटुडा जाेड्ने १ सय २१ मिटरकाे र रास्काेट नगरपालिका -९ थाेल्म गाढखेत र फुगाढमा जाेड्ने १ सय ४९ मिटरकाे , जुम्ला तिला गाउँपालिका – ठेला प्याउरीकाेट तीला नदी ७ र ९ छाप्रेमा जाेड्ने १सय ४२ मिटरकाे , रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका -११ साँग धागेचरीमा १सय ४९ मिटरकाे , सुर्खेतकाे बराहताल गाउँपालिका -३ पाङमा र सिस्नेरी जाेड्ने १सय ४९ मिटरकाे र भेरी गंगा नगरपालिका -१३ गाईघाट र लेकबेशी नगरपालिका -७ कुइरेमा जाेड्ने १सय ८० मिटरकाे र जाजरकाेटकाे भेरी नगरपालिका -१२ ठुलाे भेरी दुर्कममा जाेड्ने १ सय २७ मिटरकाे र नलगाढ नगरपालिका -९ छेवाखाेलामा १सय ९५ मिटरकाे झाेलुङ्गे पूल निर्माण सम्पन्न भएको सूचना अधिकारी ईन्जिनियर श्रेष्ठले बताए ।
यी १२ वटै पूल निर्माणका लागि रु १६ करोड ८८ लाख रकम खर्च भएको स्थानिय पूर्वाधार विकास आयाेजना कार्यालय सुर्खेतले जनाएको छ ।
मानिसको नियमित आवतजावत हुने क्षेत्रका खोला तथा खोल्सीमा झोलुङ्गे पुल नहुँदा विशेषतः बर्खायाममा सर्वसाधारणले समस्या झेल्ने गरेका थिए ।
कार्यविधि संवाददाता । ५ भाद्र २०८०, मंगलवार १२:०९ बजे