मंगलबार बिहान एक मिडिया न्यूजक्लिकसँग सम्बन्धित पत्रकारको घरमा प्रहरीले छापा मारेको छ।
भारतीय दिल्ली प्रहरीले केही समयअघि प्रेस क्लब अफ इन्डियाले चीनबाट रकम लिएको आरोप लागेको थियो र इडीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो।
छापामारे पनि हालसम्म कसैलाई पक्राउ गरिएको खबर छैन। न्युजक्लिकसँग सम्बन्धित ३० भन्दा बढी ठाउँमा छापा मारिरहेको समाचार एजेन्सी एएनआईले जनाएको छ।
विभिन्न पत्रकारहरूले सामाजिक सञ्जालमार्फत् ल्यापटप र फाेन जफत गरेकाे जानकारी दिएका छन्। प्रेस क्लब अफ इन्डियाले पत्रकारकाे घरमा छापा मार्नु अत्यन्त चिन्ताजनक भएकाे जनाएकाे छ।
गत अगस्टमा केन्द्रीय मन्त्री अनुराग ठाकुरले न्युज क्लिक्स भारत विराेधी भएकाे बताएका थिए। उनले चिनियाँ कम्पनीहरूले न्युज क्लिकलाई आर्थिक सहयोग गरेकोसमेत आराेप लगाएका थिए।
कार्यविधि संवाददाता । १६ आश्विन २०८०, मंगलवार ११:४७ बजे