नेपाल प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटना यो वर्ष कम भएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विगतका वर्षको तुलनामा लामो दूरीका सार्वजनिक गाडी दुर्घटना यसपालिको दशैँमा अहिलेसम्म कम भएको जानकारी दिनुभयो ।
दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । यसले गर्दा शहरसँग जोडिएका मुख्य नाकामा चाप बढ्न थालेको छ ।
यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको यात्रुले बताएका छन् । विस्तार तथा मर्मतका लागि खनिएका र भत्काइएका सडकमा समयमै काम नहुँदा यात्रा कष्टकर बनेको हो ।
कार्यविधि संवाददाता । ९ कार्तिक २०८०, बिहीबार ०८:५२ बजे