सुर्खेत – प्रदेश अस्पताल सुर्खेतमा एक घाइते थपिए, २१ डिस्चार्ज भएका छन् ।
याे सँगै अहिले अस्पतालमा २३ जना घाइतेकाे उपचार भइरहेकाे छ। साेमबार राति एक जना घाइते थपिएकाे अस्पतालले जनाएकाे छ ।
मंगलबार बिहान ८ बजेकाे अपडेटमा जाजरकाेटबाट १९ र पश्चिम-रुकुमबाट २० जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल ल्याइएकाे थियाे ।
अहिले घाइते भएकामध्ये अर्थाेपेडिकमा -१४ जना ,न्यूराे आई .सी .युमा १ सर्जरी -२ र मनाेराेगमा १ जना उपचारमै रहेका छन् ।
जसमध्ये २२ महिला र १७ पुरुष थिए । डिस्चार्ज भएकामध्ये केही गाँस र बाँसकाे समस्याले अस्पतालमै बसेका छन् ।
भूकम्पका फाेकलपर्सन डा. पदम गिरी उपचारमा रहेका सबैजसाे घाइते खतरामुक्त रहेकाे बताए।
कार्यविधि संवाददाता । २१ कार्तिक २०८०, मंगलवार ०८:३८ बजे