प्रधानमन्त्री : आज साँझ राष्ट्रकाे नाममा सम्बाेधन

प्रधानमन्त्री पुष्पकमल दहालले आज राष्ट्रकाे नाममा सम्बाेधन गर्ने भएका छन् ।

वर्ष दिनकाे अवसरमा प्रधानमन्त्रीले साँझ पाँच बजे राष्ट्रकाे नाममा सम्बाेधन गर्ने तयारी रहेकाे प्रधानमन्त्री प्रेस सल्लाहकार गाेविन्द आचार्यले जानकारी दिएका छन् ।

दहाल नेतृत्वकाे सरकारले आज एक वर्ष पुरा गरेकाे छ ।  प्रधानमन्त्री हुनेबेला एमालेकाे साथ पाएका दहाल राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिएका थिए ।