उपत्यकामा बिहीबार युवा संघ र दुर्गा प्रसाईंको आयोजनामा हुने भिन्नाभिन्नै प्रदर्शनका कारण निजी विद्यालय बन्द गर्न बाध्य भएका छन्।
आयोजकले पठनपाठन अवरुद्ध नगर्ने आश्वासन दिए पनि उपत्यकाका सबै निजी विद्यालयले अभिभावकलाई सूचना पठाउँदै बालबालिका विद्यालय नपठाउन अनुरोध गरेका हुन्।
सरकारी विद्यालयबारे भने काठमाडौं र ललितपुर महानगरले कुनै निर्णय गरेका छैनन् ।
कार्यविधि संवाददाता । ७ मंसिर २०८०, बिहीबार ०६:४० बजे