वीरेन्द्रनगरमा प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नगरपालिका – १२  बस्ने २५ बर्षका ललित खत्री र साेही वडाका ३२  बर्षीय विकास खड्कालाई  नियन्त्रणमा लिएको हाे   ।

खत्रीकाे  साथबाट शुद्ध  ७ ग्राम ६ सय ८० मिलिग्राम र  खड्काकाे साथबाट ९० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४(च) बमोजिम लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण बहादुर शाहीले  जानकारी दिए।