तस्विर:कास
विक्रम संवतको नयाँ वर्ष २०८१ आजदेखि सुरु भएको छ । २०८० को अन्तिम दिन चैत ३० गते अर्थात् गएराती १२ बजेको समाप्तिसंगै २०८० को औपचारिक विदाई भई नयाँ वर्ष २०८१ प्रारम्भ भएको छ ।
एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ ।
नयाँ वर्ष मनाउने प्रचलन राजा विक्रमादित्यले आरम्भ गरेको विक्रम सम्वतकाे नेपालमा आधिकारिक रूपमा १९६१ सालदेखि चन्द्र शमशेरकाे कार्यकाल देखि प्रचलनमा आएको हो ।
यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
कार्यविधि संवाददाता । १ बैशाख २०८१, शनिबार ०७:१२ बजे