आजदेखि फेरि सहकारी पीडित बचतकर्ताहरूले आन्दोलन सुरु गर्न लागेका हुन् ।
यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन गर्न लागेका छन् ।
महासंघका अध्यक्ष कुशलव केसीले आज ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने जानकारी दिएका छन् ।
अध्यक्ष केसीले भने, ‘माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं। र्याली गर्छौं। र्यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गछौं’ ।
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने अध्यक्ष केसीले जानकारी दिए ।
कार्यविधि संवाददाता । ११ जेष्ठ २०८१, शुक्रबार १२:५४ बजे