सुर्खेत : रेड पाण्डा (हाब्रे) को छालासहित चार जना  पक्राउ

 

सुर्खेतमा रेड पाण्डा (हाब्रे) को छालासहित चार जना  पक्राउ परेका छन्।

वीरेन्द्रनगरपालिका -८ मानेसरोवर होटल कोठा न. ११५ बाट  प्रहरीले रेड पाण्डाको छालासहित चार जनालाई  पक्राउ  गरेको हो।

दुर्लभ वन्य जन्तु रेडपाण्डा (हाब्रे) काे छाला मानेसरोवर होटलमा राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक , कनक बहादुर शाहीकाे टाेलीले  छालासहित चार जना  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले  जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले  पत्रकार सम्मेलन गर्दै , कालिकोट नगरपालिका -८ बस्ने वर्ष २८ का मन बहादुर बुढा , दैलेख जिल्ला ठाँटिकाँध गाउँपालिका -३ बस्ने वर्ष ३३ को बिष्णु रावत ,सोही जिल्ला नारायण नगरपालिका -१० बस्ने  बर्ष २५ को नरेन्द्र थापा र वर्ष २१ का पूर्ण  बहादुर बस्नेत  दुर्लभ वन्य जन्तु रेडपाण्डा (हाब्रे) काे छाला  र चार सेट माेबाइल सहित ४ जना पक्राउ परेको जानकारी दिएकाे छ ।

चारै जनालाई  रेडपाण्डाको एक थान छाला र २ थान मुजुल्का डिभिजन वन कार्यालयम सुर्खेतमा साेमबार  बुझाउने र कानुन बमोजिमको कारवाही हुने भएको छ। यदि रेड पाण्डा (हाब्रे) थुनेमा वा मारेमा १० देखि १५ वर्ष जेल र ५ देखि १० लाख जरिवान हुने कानुनी व्यवस्था रहेको  डिभिजन वन कार्यालयका प्रमुख गाेबिन्द प्रसाद दहालले जानकारी दिए।

समुन्द्र सतहबाट २२ सय मिटर देखि ४८ सय मिटर सम्मको उचाइमा करिब २५ डिग्री तापक्रममा पाइने हाब्रे डोल्पाको मुड्के चुलामा जिल्लाकै सबैभन्दा धेरै पाउने अनुमान गरिएको रेड पाण्डा नेटर्वकले गरेको छ।