सल्यान : शुक्रबार बिहान जिपको ठक्करबाट गम्भीर घाइते भएका दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् ।
उनीहरूको उपचारको क्रममा दिउँसो १ बजे राप्ती प्रादेशिक अस्पताल दाङ्गमा मृत्यु भएको हो।अन्य तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको सल्यान प्रहरीले जनाएको छ। आज बिहान बागचौरदेखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका–२ बाङ्गेसल्लामा रूखको छहारीमा बसिरहेका विद्यार्थीलाई ठक्कर दिएको हाे । तीव्र गतिका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट करिब १९ मिटर तल खसेको छ।
कार्यविधि संवाददाता । १५ आश्विन २०७८, शुक्रबार १६:०९ बजे