विद्यालय खोल्ने हतारोले विद्यार्थी धमाधम विरामी पर्न थालेपछि फेरी बन्द

शुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो । थप विद्यार्थीमा सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन बन्द गरिएकाे  छ ।

पर्वत :  नेपाली हिन्दुकाे दसैं आउन केही दिन मात्र बाँकी छँदा  विद्यालय खोल्ने हतारोले धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि फेरी विद्यालय बन्द गर्न थालिएको छ ।

कुश्मा नगरपालिका -११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको छ  ।

एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रधानाध्यापक गणेश तिमिल्सिनाले वताएका छन्  ।

शुरुमा कक्षा ७ का विद्यार्थी बिरामी भए  त्यसको एक सातापछि  अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको उनको भनाइ छ । पकुवाको रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।

प्रधानाध्यापक तिमल्सिनाको अनुशार  बालबालिका बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ । शुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो । थप विद्यार्थीमा सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन बन्द गरिएकाे  छ ।

हाल  ५० जना विद्यार्थी बिरामी परेका छन् ।  उनीहरुको पीसीआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाइएको वडाध्यक्ष शिवप्रसाद पौडेलले बताए । भाइरल र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले थप सजगता अपनाउन विद्यार्थीलाई भनिएको छ । उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गरेर औषधि सेवन गरिरहेको प्राधाध्यापक तिमिल्सिनाले जानकारी दिएका छन्  ।

पर्वतमा गत  सातादेखि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गरिएको थियाे  । विद्यालय खुलेको केही दिनमै बिरामी परेपछि पढाइ प्रभावित बनेको छ तिमिल्सिनाले भने  ।