यस वर्षकाे तिहार यमपञ्चककाे पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ। हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँछन् ।
आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ। आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ।
धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर दे।वताका वैद्य धन्वतरी प्रकट भएका थिए ।
स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।
यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ ।
धनतेरसमा के किन्ने ?
धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो,गणेश लक्ष्मीको मूर्ति, माटो वा फलामको दीयो । धन यन्त्र,आर्थिक लाभका लागि पानीका भाडा,कारोबारमा विस्तारका लागि धातुको दियो,सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली,स्वास्थ्य तथा आयुका लागि घन्ट,घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा, पूजा र सामान खरिदका लागि शुभ साइत रहेकाे छ ।
विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ।
कार्यविधि संवाददाता । २४ कार्तिक २०८०, शुक्रबार ०७:०७ बजे