कर्णालीकाे हल्ची खाेलामा बन्यो मोटर गुड्ने काठे पुल

हुम्ला   – करीब १ महिनाकाे अवधिमा  लिमी  कर्णाली नदीको सहायक नदी हल्ची खाेलामा  मोटर गुड्न काठे पुल बनेको छ । लिमीको हल्ची खाेलामा   गाउँजोड्ने सडक सञ्जालमा पर्ने नदीमा काठेपुल बनाइएको नाम्खा गाउँपालिका हुम्लाले जनाएकाे छ ।

गत शनिवार देखी काठे  पुलबाट गाडी गुड्न थालेसँगै स्थानीय बासिन्दालाई आवतजावतमा  सहज भएको नाम्खा गाउँपालिका हुम्लाका अध्यक्ष विष्णु बहादुर तामाङ्गले बताए ।

स्थानीय उपभोक्ता समितिबाट निर्माण भएको पुल सञ्चालनमा आएपछि लिमीको तील गाउँ सडक सञ्जालसँग जोडिएको छ । तील गाउँसम्म सडक निर्माण भए पनि पुल नभएको कारण यातायात सञ्चालनमा आउन सकेको थिएन । लिमीका दुई गाउँ हल्ची र जाँङ भने यसअघि नै सडक सञ्जालमा जोडिएका थिए ।

अध्यक्ष तामाङ्गले  प्रदेशकाे  १५ लाख  र गाउँपालिकाकाे  ५ लाख गरी २० लाखकाे लागतमा  पुल बनाइएको बताए ।