वीरेन्द्रनगर शहरमा जोडिएका ९२ मध्ये २० सीसी क्यामरा चालु

वीरेन्द्रनगरका मुख्य चोक र सडकमा भएका घटना एउटै कोढा बाट हेर्न सक्ने क्षमता भएका ७२ सीसी क्यामरा विग्रीएका छन् । यसमा सम्बन्धित निकायले मर्मत सम्भारमा चासो नदेखाउँदा अपराध न्युनिकरणमा प्रहरीलाई बाधा परेको

सुर्खेत।   वीरेन्द्रनगर शहरकाे मुख्य चाेक चाेकमा अपराध न्युनिकरणमा गर्न  जोडिएका ९२ मध्ये २० वटा सीसी क्यामरा चालु अवस्थामा रहेका  छन् ।

शहरलाई अपराधमुक्त र सुरक्षित शहर बनाउने ध्ययले वीरेन्द्रनगर नगरपालिकाले गत साल मंसिरमा जोडेका ९२ वटा सीसी क्यामरा मध्य ७२  वटा सीसी क्यामरा बिग्रीएका  छन् ।

गत आ.व. २०७६/७७ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ८० लाख र वीरेन्द्रनगर नगरपालिकाको २० लाख बजेटको सहकार्यमा ‘हिकभिजन’ कम्पनिबाट  वटा सीसी क्यामरा खरिद गरेको वीरेन्द्रनगरले जनाएको छ ।

१ करोड १२ लाख ७ हजार ४ सय खर्चेर ९२ वटा सीसी क्यामरा मध्ये वीरेन्द्रनगरको पहलमा ल्याएका २० वटाले मात्र काम गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरको मुख्य राजमार्गमा २२ र चोकमा ७० वटा सीसी क्यामरा जोडिएका छन् । सो सीसी क्यामरामा ४० हजार जिवि को स्टोर क्षमता रहेको छ । जसमध्य ७२ वटा सीसी क्यामरा बिग्रिएको अवस्थामा रहेको छ ।

क्यामराकै सहायता बाट सुर्खेतको प्रहरीले अपराध अनुसन्धान र अपराध नियन्त्रणमा ठुलो सफलता हात पारेको छ । गत साल  मंसिर देखि माघ  सम्म जिल्ला प्रहरी कार्यालय सुर्खेतले सीसी फुटेजकै सहायताले  १५  भन्दा बढि घटना र २५ जना भन्दा बढि अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको थियाे  ।

वीरेन्द्रनगरका मुख्य चोक र सडकमा भएका घटना एउटै कोढा बाट हेर्न सक्ने क्षमता भएका ७२ सीसी क्यामरा विग्रीएका छन् । यसमा सम्बन्धित निकायले मर्मत सम्भारमा चासो नदेखाउँदा अपराध न्युनिकरणमा प्रहरीलाई बाधा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी राम प्रसाद घर्ति मगरले बताए ।

दुई महिना अघिदेखि बिग्रीएका क्यामरा बाट सहायता पाउन सकिएकाे छैन् जसले अपराध न्युनिकरणमा थप चुनाैति थपिदै गएकाे डिएसपी घर्ति मगर खेद प्रकट गर्छन् ।

शहरको मुख्य राजमार्ग तथा चोकहरुमा वि.स. २०७३ सालमा ३१ वटा सीसी क्यामरा जोडिएको थिए। तर मर्मत सम्भारको लागि सुर्खेत उधोग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको सम्झौता नमिल्दा सबै क्यामरा हाल थन्किएका छन् ।

गत मंसिरमा जोडेर बिग्रीएका सीसी क्यामरा मर्मत गर्ने विषयमा वीरेन्द्रनगरपालिकालाई पटक-पटक जानकारी गराएपनि सुनावाइ नै नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले कार्यविधि डट कमलाई बताएको छ ।

यता बिग्रिएका सीसी क्यामरा पुनःमर्मतको विषयमा वीरेन्द्र नगरपालकिाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद देवकाेटालाई  बुँझ्न खाेज्दा सडक  विस्तार , टेक्निसियनकाे अभाव , बजेटकाे अभाव  र  अपटिकल फाइबर विछ्याउदाँको मुल समस्याले मर्मत गर्न ढिलाई भएको स्वीकार गरेका छन् ।