नेपालमा एकैदिन ४ सय ५७ जना कोरोना संक्रमित

दुई  दिनमै संक्रमितको संख्या दोब्बर देखिन्छ । आइतबार संक्रमितको संख्या जम्मा १ सय ३५ रहेको थियो । साथै मृत्यु संख्या पनि थपिन थालेको छ । ४ महिनापछि आइतबार एक जनाको कोरोनाबाट मृत्यु भएको थियो । त्यस्तै सोमबार पनि कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

काठमाडौँ — कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४ सय ५७ जना  कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सक्रिय संक्रमितको संख्या १७ सय नाघेकाे छ ।

दुई  दिनमै संक्रमितको संख्या दोब्बर देखिन्छ । आइतबार संक्रमितको संख्या जम्मा १ सय ३५ रहेको थियो । साथै मृत्यु संख्या पनि थपिन थालेको छ । ४ महिनापछि आइतबार एक जनाको कोरोनाबाट मृत्यु भएको थियो । त्यस्तै सोमबार पनि कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

पीसीआर  २ हजार ३४१ र एन्टिजेन २ हजार ३१० गरी  कुल ४ हजार ६५१ परीक्षणमा ३८६ पीसीआर तथा ७१ जना एन्टिजेनमा परीक्षणबाट संक्रमित पुष्टि भएका हुन् । संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको छ ।

त्यसैगरी डिस्चार्ज हुनेको संख्या २४ घण्टामा ४८ रहेको छ ।