नर्सरीले परिवर्तन गरेको जीवन

वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा एक परिवार  बाँझो जमिनमा नर्सरी स्थापना गरेको १५ वर्ष पुगे छ ।

आफ्नै पाँच रोपनी बाँझो जग्गामा । दुई दम्पति नबराज वस्नेत र उनकी श्रीमति दिलकुमारी बस्नेतले नर्सरी स्थापना गरेको १५ वर्ष भएको बताएका छन् । पाखो जग्गालाई खनजोत गरी नर्सरी बनाएका थिए । १५ वर्ष पहिले शुरुआत भएको बस्नेत गमला (उद्योग) नर्सरीमा अहिले हिँउद यामका लागि सयौ फुलका बिरुवा उत्पादन भएका छन्। खाली र बाँझो पाखोमा नर्सरी स्थापना भएपछि हराभरा र हरियाली बनेको छ, उक्त ठाउँ ।

नर्सरी बनाउन लागि रु २ लाख रुपैयाँ लगानी भएको र हाल वार्षिक रु ५ लाख आम्दानी गर्ने गरेको सञ्चालक बस्नेतले बताए। “बीउ, सामग्री खरिद, घेराबार, टनेल लगायतका संरचना निर्माण गरेका छौ,” उनले भने “ हजारी ,डेन्टस, पितनिया , बर पिपल र क्यान्डेला जस्ता हजारौं फुलका विरुवा यहाँको नर्सरीमा उत्पादन भएको छन् ।”

सेमि हाइटेक प्रबिधीको प्लाष्टिक घरमा विभिन्न प्रजातिका फुलका विरुवा तयार पारिएको छ। बर्षात हुन थालेपछि उत्पादित बिरुवा बिक्री सुरु गरेको नर्सरीकी अर्की सञ्चालक दिलकुमारीले बताएकी छन् । फुलका विरुवा प्रतिगोटा रु ५० देखि रु५ सय सम्म विक्री हुने गरेका छन् । उनीहरु फुलका राम्रा विरुवा उत्पादन गरी विक्री गर्ने दम्पतिका रुपमा जिल्लामा परिचित छन्। वन र वातावरण क्षेत्रमा काम गरेको अनुभवलाई व्यवसायमा रुपान्तरण गरेको उनीहरुले बताए।